सूर्यरुपी महासागरमा गठबन्धन ढल्नेछ, प्रतीक्षा गर्नुहोस्ः मेयर प्रत्यासी थापा
काठमाडाैं | बैशाख २६, २०७९
नेकपा एमालेबाट पोखरा महानगरका मेयर प्रत्यासी कृष्ण थापाले सूर्यरुपि महासागरले गठबन्धनलाई ढलाउने बताएका छन् ।
पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै प्रत्यासी थापाले सूर्यको ज्वालाले सुकेकोमात्र हैन काँचो वस्तुलाई समेत जलाउने भन्दै गठबन्धनलाई यस निर्वाचनले ढलाउने उल्लेख गरेका हुन् । महानगरवासीलाई स्वास्थ्यमा पहुँच पु¥याउने योजना रहेको बताउँदै थापाले पोखरामा पर्यटन र कृषिको विकासमा दीर्घकालीन नीति ल्याउने दाबी गरे ।
‘एमालेले मौका पाउँदा हाम्रा कमरेडहरुले धेरै काम गर्नुभएको छ’ थापाले भने ‘अब वडावडामा डिजिटल सेवा दिने हाम्रो लक्ष्य र योजना छ ।’ सम्बोधनकाक्रममा थापाले हिजैदेखि नै एमालेले आधुनिक पोखराको जग बसालेको उल्लेख गर्दै हाल थपिएका वडालाई उन्नत शैलीमा विकास गर्न मतदानको अपील गरे ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

